Kathmandu Press

अवतरणका क्रममा विमानको ढोका खुलेपछि...

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट १ सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरणअगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ। 
अवतरणका क्रममा विमानको ढोका खुलेपछि...

सोल, जेठ १२ : विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्ण रुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ। 

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट १ सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरणअगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ। 

Hardik ivf

संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाई भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानविन भइरहेको छ। डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ। घटना आज मध्याह्नको हो। 

प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, जेठ १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्