Kathmandu Press

कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत

उनी कांग्रेसनिकट दलित संघका अध्यक्ष पनि हुन्। 
कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत भएका छन्।

पूर्वसांसदसमेत रहेका  विश्वकर्मालाई सभापित शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन्।

उनी कांग्रेसनिकट दलित संघका अध्यक्ष पनि हुन्। 

पार्टीका २८ वटा विभागमध्ये प्रचार विभागमा महाधिवेशनयताकाे पहिलो नियुक्ती हो।

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्