Kathmandu Press

पुटिनका एक शीर्ष सहयोगी भन्छन्- युक्रेन युद्ध दशकौँसम्म हुन सक्छ

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन्। 
पुटिनका एक शीर्ष सहयोगी भन्छन्- युक्रेन युद्ध दशकौँसम्म हुन सक्छ

मस्को, जेठ १२ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन्।

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन्। 

Hardik ivf

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सीले आरआइएले जनाएको छ। 'यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौंसम्म चल्नेछ,' आरआइएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ। 

मेदभदेव प्रायः कडा टिप्पणी गर्छन्।  गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए। साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन्।

मस्कोले पनि शब्द दाबी दोहाेर्‍याउँदै आएको छ। गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए।

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्