एकै गाउँका ६ युवा सगरमाथामा
लाप्राकका सन्दीप गुरुङ, युक्त गुरुङ, सुमन गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ र इमान गुरुङले गतसाता सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका हुन्।
गोरखा, जेठ १२ : गोरखा धार्चे गाउँपालिकाका–६ लाप्राकका ६ युवा एकै पटक सगरमाथा आरोहरण गरेका छन्।
लाप्राकका सन्दीप गुरुङ, युक्त गुरुङ, सुमन गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ र इमान गुरुङले गतसाता सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका हुन्।
भरिया बनेको दशक नबित्दै सगारमाथा आरोहण गरेका सन्दीपले हिमाल आरोहण गर्न चुनौती भएको बताए । इलिट एक्सपेड कम्पनीमार्फत हिमाल आरोहण गरेका सन्दीप पाकिस्तानको केटु र ब्रोडपिक आरोहण गर्ने योजनामा छन्।
यता, युक्तले भने गत मंगलबार सातौंपटक सगरमाथा आरोहरण गरेका हुन्। उनी सर्वाधिक सगरमाथा चढ्ने गुरुङ समुदायको व्यक्ति हुन्। २२ वर्षको उमेरमा पहिलो पटक सन् २०११ मा सगरमाथा आरोहण गरेका उनले २०१७, २०१८, २०१९ तथा २०२२ मा दुई पटक सगरमाथा चढेका छन्।
१५ वर्षदेखि ट्रेकिङ क्षेत्रमा आबद्ध हुन् । ‘स्कुल पढ्दैदेखि दसैं–तिहारको बिदामा पर्यटकको भारी बोक्न जान्थ्यौँ, एसएलसी सिध्याएपछि यसै क्षेत्रमा भरिया भएर काम गर्दै पछि गाइड बनेँ,’ उनले भने, ‘काम गर्दै जाँदा अहिले एभरेस्ट पनि चढ्ने मौका मिल्यो ।’ सुरुका पाइला अप्ठ्यारा भए पनि शिखर चुमिसकेपछि छुट्टै आनन्द आउने राम बताउँछन् । अब उनी मनास्लु हिमाल चढ्ने योजनामा छन् ।
२४ वर्षीय ओम गुरुङले मंगलबार दिउँसो २ बजे सगरमाथाको शिखर चुमे भने २८ वर्षीय रामबहादुरले गत वैशाख २० मा सर्वोच्च शिखर टेकेका थिए। उनीहरु सबै ट्रेकिङ क्षेत्रमा काम गरिरहेका छन्। गाउँका अग्रजहरूको बाटो पछ्याउँदै ट्रेकिङ क्षेत्रमा जोडिएको उनीहरु बताउँछन्।