Kathmandu Press

रेशम चौधरीकाे आममाफी रोक्न जनमोर्चाको माग

जनमोर्चाले शुक्रबार विज्ञप्ति निकाल्दै चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै सो रोक्न माग गरेको हो।
रेशम चौधरीकाे आममाफी रोक्न जनमोर्चाको माग

काठमाडौं, जेठ १२ : टिकपुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाया सुनाइएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले दिन लागेको आममाफीको प्रक्रिया रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ।

जनमोर्चाले शुक्रबार विज्ञप्ति निकाल्दै चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै सो रोक्न माग गरेको हो।

Hardik ivf

सरकारले चौधरीलाई गणतन्त्र दिवसका दिन आममाफी दिने प्रक्रिया अघि बढाएको छ।

‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: ११:०२ बजे, शुक्रबार, जेठ १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्