Kathmandu Press

भारतको नयाँ बजेट : नेपालको सहयोगमा ४ अर्ब कटौती

काठमाडौं, माघ १९ : छिमेकी देश भारतले नेपाल सरकारलाई दिर्दै आएको अनुदान सहयोगमा भारी कटौती गरेको छ। 

शनिबार भारत सरकारका केन्द्रिय वित्त....

भारतको नयाँ बजेट : नेपालको सहयोगमा ४ अर्ब कटौती

काठमाडौं, माघ १९ : छिमेकी देश भारतले नेपाल सरकारलाई दिर्दै आएको अनुदान सहयोगमा भारी कटौती गरेको छ। 

शनिबार भारत सरकारका केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले संसदमा पेश गरेको आर्थिक वर्ष २०२०÷२१ को बजेटमा नेपाललाई ४ अर्ब अनुदान कटौती गरिएको हो। 
तर छिमेकी अन्य देशहरुलाई दिने अनुदान सहयोगमा भने बृद्धि गरिएको छ। आर्थिक बर्ष २०१९÷२०२० को तुलनामा आर्थिक बर्ष २०२०÷२०२१ मा ४ अर्ब नेपालको सहयोग कटौती गरिएको छ ।  गत आर्थिक बर्षमा नेपाललाई १२ अर्ब अनुदान सहयोग गरेको भारत सरकारले नयाँ आर्थिक बर्षमा जम्मा ८ अर्ब सहयोग गर्ने बजेटमा उल्लेख गरेको छ।

नेपाल बाहेक भारतले सहयोग कटौती गरेका देशहरु केही अफ्रिकी देश सहित मौरिसस, मालदिभ्स र श्रीलंका पनि रहेका हुन्। 

नयाँ बवेटमा नेपाललाई दिने सहयोगमा ३३ प्रतिशत (४ अर्ब),अफ्रिकी देशमा एक अर्ब, मौरिससलाई ७५ करोड, मालदिभ्सलाई २६ करोड र श्रीलंकालाई ५ करोड भारतीय रुपैयाँ कटौति गर्ने उल्लेख छ। 

अर्थविद डिल्लीराज खनाल छिमेकी मुलुक भारतले नेपाललाई दिदै आएको सहयोग कटौतीले शिक्ष्ष, कृषि, सडक निर्माण र स्वास्थ्य क्षेत्रमा प्रत्येक्ष असर पर्ने बताउँछन्। ‘भारत सरकारले दिने अनुदान सहयोगमा कटौती हुदा शिक्षा, कृषि, सडक निर्माण, स्वास्थ्य लगायत क्षेत्रमा प्रत्येक्ष असर गर्छ’ खनाले भने।

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, माघ १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्