Kathmandu Press

रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग

काठमाडौं, माघ १९ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकका एक केन्द्रीय सदस्यले रघुवीर महासेठलाई स्थायी कमिटी सदस्यबाट....

रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग
फाइल

काठमाडौं, माघ १९ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकका एक केन्द्रीय सदस्यले रघुवीर महासेठलाई स्थायी कमिटी सदस्यबाट हटाउन माग गरेका छन्। 

आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटी सदस्य श्रीप्रसाद साहले महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरेका हुन्। उनले स्थायी कमिटी हुन महासेठको योग्यता नपुगेको पनि दाबी गरेका छन्। 

नेकपाका अध्यक्ष तथा सिंगो केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै बुझाएको निवेदनमा साहले स्थायी कमिटी सदस्य हुन कम्तिमा एक पटक पोलिटब्युरो सदस्य भएको हुनु पर्ने विधानमा उल्लेख भएपनि त्यसलाई उल्लंघन गर्दै महासेठलाई स्थायी कमिटीमा राखिएको आरोप लगाएका छन्। साह महासेठकै गृहजिल्ला धनुषाका हुन्। 
महासेठको योग्यतामाथि प्रश्न उठाउँदै आफूले यसअघि पनि निवदेन दिएपनि सुनुवाइ नभएको बताए। 

‘२०७५ जेठ ३ मा प्रथम ऐतिहासिक एकता बैठकबाट पारित विधानको धारा ३४ (ख) मा केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिट्ब्युरो सदस्य भएको हुनु पर्नेछ’ भनि प्रष्ट व्यवस्था रहेको छ,’ साहले निवेदनमा भनेका छन्,‘ तर, सोही बैठकको निर्णय भन्दै पछिट पार्टी सचिवालयले स्थायी कमिटी सदस्यमा विधानको माथि निर्दिष्ट न्यूनतम योग्यता नै नपुगेका साथी कमरेड रघुवीर महासेठलाई छनोट गरियो।’

उक्त निर्णयपछि एकल र सामूहिक डेलिगेशनले पनि निर्णय नसच्चिएपछि साहले आफूले स्थायी कमिटीको पहिलो बैठक समक्ष लिखित उजुरी दर्ता गराएको पनि स्मरण गराएका छन्। उनले आफ्नो उजुरी सुनुवाइ नभएपछि प्रदेश २ का १९ जना केन्द्रीय सदस्यहरुले संयुक्तरुपमा अवैधानिक मनोनयन प्रारम्भदेखि नै बदर गरी योग्यता पुगेका उपयुक्त पात्र छनोट गर्न माग गरेको झण्डै ६ महिना भएपनि सुनुवाइ नभएको निवेदनमा उल्लेख गरेका छन्। 

उनले बैठकमा महासेठ स्थायी कमिटी सदस्यको रुपमा सहभागी भएको देख्दा आश्चर्यचकित भएको बताएका छन्। उनले महासेठ एक पटकमात्रै आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएको र दुई पटक मनोनीत भएपनि कुनै कम्युनिष्ट घटकमा उनी पोलिटब्युरो सदस्यको जिम्मेवारीमा नभएको पनि दाबी गरेका छन्।

हेर्नुस् केन्द्रीय सदस्य साहको निवेदन :

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्