बलात्कारको आरोप लागेका एसएसपी राणाद्वारा आत्मसमर्पण
इटहरी, माघ १९ : बलात्कारको अभियोग लागेका एसएसपी शौरभ राणाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
संघीय प्रहरी इकाई कार्यालय धरानमा ....

इटहरी, माघ १९ : बलात्कारको अभियोग लागेका एसएसपी शौरभ राणाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणा आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं हाजिर भएका हुन्।
बलात्कारको आरोपमा उनीविरुद्ध एक महिलाले उजुरी दर्ता गराएपछि प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो। निलम्बित एसएसपी राणा आफैँ प्रहरी कार्यालयमा हाजिर भएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए।
राणालाई महिलाले दर्ता गराएको किटानी जाहेरीपछि जबरजस्ती करणीको कसूरमा प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो। एसएसपी राणाले इटहरीको एक होटलमा आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडित महिलाले लगाएकी छिन्।











