Kathmandu Press

लक्ष्मी र सनराईज बैंकबीच मर्जर सम्झौता

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन्। मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड हुनेछ।
लक्ष्मी र सनराईज बैंकबीच मर्जर सम्झौता
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ८ : लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ। सोमबार एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन्। मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड हुनेछ।
 
लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत हुनेछन् भने गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ।
 
दुवै बैंकको साधारणसभाले मर्जरको निर्णण पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ। सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य रहेको जनाइएको छ।
 
यसअघि गत पुस २५ गते लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगडले मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए।

संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक डा मनिष थापा र स्वति रुंगटा तथा सनराईज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दीपक नेपाल रहेका छन्।

प्रकाशित मिति: २०:४३ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्