Kathmandu Press

ललितपुरको कवाडी गोदाममा आगलागी, पाँच घाइते

ललितपुर, माघ १९ : ललितपुरको बखुन्डोलस्थित कवाडी गोदाममा आगलागी भएको छ।

आज बिहान ११ बजेदेखि बखडुण्डोलस्थित कवाडी गोदममा आगलागी सुरू भएको स्था....

ललितपुरको कवाडी गोदाममा आगलागी, पाँच घाइते

ललितपुर, माघ १९ : ललितपुरको बखुन्डोलस्थित कवाडी गोदाममा आगलागी भएको छ।

आज बिहान ११ बजेदेखि बखडुण्डोलस्थित कवाडी गोदममा आगलागी सुरू भएको स्थानीय वासिन्द्याले बताए। आगलागीमा परि पाँच जना घाइते भएका छन्। गोदम सञ्चालकसहित कामदार घाइते भएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। ललितपुर र काठमाडौं महानगरपालिकाको दकमलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि खटिएको छ।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्