Kathmandu Press

लखनउमा विश्व हिन्दू महासभाका अध्यक्षको गोली हानी हत्या

भारत, माघ १९ : भारतको लखनउमा विश्व हिन्दू महासभाका अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या गरिएको छ।

आइतबार बिहान लखनउको पविर्तन चौकनजिकैको ग्....

लखनउमा विश्व हिन्दू महासभाका अध्यक्षको गोली हानी हत्या

भारत, माघ १९ : भारतको लखनउमा विश्व हिन्दू महासभाका अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या गरिएको छ।

आइतबार बिहान लखनउको पविर्तन चौकनजिकैको ग्लोब पार्कबाट मोटरसाइकलमा आएका व्यक्तिले रणजीतमाथि गोली प्रहार गरेका हुन्। उनीहरू रणजीतको टाउँको गोली हानेको भारतीय प्रहरीले जनाएको छ।

उनको टाउँकोमा चार–पाँचवटा गोली हानिएको प्रहरीको भनाइ छ। गोली लागेरको उनको घटनास्थलमै मृत्यु भएको छ। उनका भाइ आशिष घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ।

विश्व हिन्दू महासभाका अध्यक्ष रणजीत मर्निङ वाकमा निस्केका थिए। कसले किन हत्या गरेको भन्ने खुलेको छैन। प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

गोरखपुरका रणजीत लखनउको हजरतगञ्जमा बस्दै आएका थिए। आज बिहान भाइसँगै मर्निङ वाकमा निस्केका थिए। उनी यस अघि समाजवादी पार्टीमा आवद्ध थिए।

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्