Kathmandu Press

बस र माइक्रो ठोक्किँदा चारको मृत्यु, ६ घाइते

सुनसरी, माघ १९ : सुनसरीको रामधुनी नगरपालिका–२ मा बस र माइक्रो बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते छन्।

....
बस र माइक्रो ठोक्किँदा चारको मृत्यु, ६ घाइते

सुनसरी, माघ १९ : सुनसरीको रामधुनी नगरपालिका–२ मा बस र माइक्रो बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते छन्।

काठमाडौंबाट सुनसरीतर्फ आउँदै गरेको बा ६ ख ७९५ नम्बरको बस र सुनसरीबाट काठमाडौंतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रो आइतबार बिहान ७ बजेतिर रामधुनी–२ को कृषि फार्मनजिक ठोक्किएका हुन्।

दुर्घटनामा बा ५ ख ३१५७ नम्बरको माइक्रो बसका चालक दिपक खड्का, झापाको भद्रपुरकी डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयवासिन्दा र प्रहरीले तत्कालै उद्धार गरेपनि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:३७ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्