Kathmandu Press

६ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानसँगको इरानको सिमानामा रहेको सारावनमा सीमा सुरक्षाकर्मीको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले स्थानीय अभियोजक मेहदी शम्साबादीलाई उद्धृत गर्दै जनाएको छ।
६ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु

तेहरान, जेठ ७ : दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आइतवार ६ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानसँगको इरानको सिमानामा रहेको सारावनमा सीमा सुरक्षाकर्मीको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले स्थानीय अभियोजक मेहदी शम्साबादीलाई उद्धृत गर्दै जनाएको छ।

Hardik ivf

अफगानिस्तानको सिमानामा पर्ने गरिबीले ग्रस्त सिस्तान–बलुचिस्तान लागूऔषध तस्कर गिरोहका साथै बलुची अल्पसङ्ख्यक र सुन्नी मुस्लिम चरमपन्थी समूहका विद्रोहीसँग भिडन्त भइरहने स्थल हो।

आइतबारको आक्रमण देशमा घुसपैठ गर्न खोज्ने आतङ्कवादी समूहद्वारा गरिएको जनाउँदै समाचार समिति फार्सले झडपपछि उक्त समूहका लडाका सीमा पारी भागेका जनाएको छ। यो आक्रमण हालैका महिनामा भएकामध्ये सबैभन्दा घातक हो। 

गत मार्च  ११ मा सोही क्षेत्रमा अपराधीसँग भएको झडपमा दुई जना प्रहरीले ज्यान गुमाएका सरकारी समाचार समिति इर्नाले त्यसबेला जनाएको थियो।

प्रकाशित मिति: १७:३० बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्