कारदौडका चालकमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा १० जना मारिए
गैरव्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।
मेक्सिको सिटी, जेठ ७ : मेक्सिकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकाहरूमाथि सशस्त्र हमला गरेको छ ।
गैरव्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।
बाजा क्यालिफोर्नियाको एन्सेनाडामा राजमार्गको छेउमा पार्किङ गरेका कार दौडका सहभागीहरूलाई गाडीबाट बाहिर निकालेर एक समूहले गोली प्रहार गरेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मिलेनियो अखबारले जनाएको छ।
घटनाको सुरक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।
प्रकाशित मिति: १७:२७ बजे, आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार