Kathmandu Press

चीनले भन्यो- सबै नेपाली सुरक्षित छन्

काठमाडौं, माघ १८ : चीन सरकारले उहानमा रहेका सबै नेपाली सुरक्षित रहेको बताएको छ।  शनिबार एक विज्ञप्ति जारी गरी चीनले उहानबाट फैलिएको कोरोना भ....

चीनले भन्यो- सबै नेपाली सुरक्षित छन्

काठमाडौं, माघ १८ : चीन सरकारले उहानमा रहेका सबै नेपाली सुरक्षित रहेको बताएको छ।  शनिबार एक विज्ञप्ति जारी गरी चीनले उहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको जनाएको हो।

चीनको विदेश मन्त्रालयले उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको पनि जनाएको छ। नेपालस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ। 

साथै चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्ने जनाएको छ। नेपाल भ्रमण वर्ष–२०२० का सन्दर्भमा पनि चीन सरकारले परिस्थित नियन्त्रणमा आउने बित्तिकै आफ्ना नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्ने स्पष्ट गरेको छ।  

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, माघ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्