नेकपा बैठक : समूहका नेताले प्रतिवेदन पेश गर्ने क्रम जारी
काठमाडाैं, माघ १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक चलिरहेको छ।
शनिबार जारी बैठकमा समूह–३ ....

काठमाडाैं, माघ १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक चलिरहेको छ।
शनिबार जारी बैठकमा समूह–३ का नेता खिमलाल भट्टराई, समूह–४ का नेता जगन्नाथ खतिवडा, समूह–५ का नेता ठाकुर गैरे, समूह–७ का नेता पूर्णाकुमारी सुवेदी, समूह–१२ का नेता रेणु दाहालले समूहगत छलफल गरेर प्रतिवेदन पेश गरिसकेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको कडा आलोचना गरेका छन्। यसैगरी, शनिबार नै समूह–१ बाट आनन्द पोखरेल, समूह–८ का नेता बिन्दा पाण्डे, समूह–१० का नेता महेश बस्नेत, समूह–११ का नेता राजेन्द्र राई, समूह–१४ का सुरेन्द्रकुमार कार्की र समूह–१५ का नेता हिमाल शर्माले पनि प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ।
विभिन्न १५ समूहमा विभाजित केन्द्रीय सदस्यले बिहीबार राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गरेर शुक्रबारदेखि बैठकमा आफ्नो प्रतिवेदन पेश गरिरहेका छन्।
यसअघि शुक्रबार १० वटा प्रदेशका अध्यक्ष र १५ मध्ये २ नम्बरकी कमला रोका,६ नम्बरकी भगवती चौधरी, ९ नम्बरका दिनानाथ शर्मा र १३ नम्बर समूहका लेखनाथ न्यौपानेले समूहगत रिपोर्टिङबारे धारणा राखेका थिए।
कुन समूहमा को-को टोली नेता ?
१ नम्बर : उर्मिला अर्याल र आनन्द पोखरेल
२ नम्बर : कमला रोका
३ नम्बर : खिमलाल भट्टराई
४ नम्बर : जगन्नाथ खतिवडा
५ नम्बर : ठाकुर गैरे
६ नम्बर : दिनानाथ शर्मा
७ नम्बर : पूर्णकुमारी सुवेदी
८ नम्बर : बिन्दा पाण्डे
९ नम्बर : भगवती चौधरी
१० नम्बर : युवराज ज्ञवाली, महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारी
११ नम्बर : राजेन्द्र राई
१२ नम्बर : रेणु दाहाल
१३ नम्बर : लेखनाथ न्यौपाने
१४ नम्बर : राम कार्की
१५ नम्बर : हिमाल शर्मा











