दुई वर्षभित्र सबैको घरमा बिजुली, वर्षामा मासिक ५० र हिउँदमा मासिक ३० युनिट खपत गर्नेलाई निःशुल्क
सरकारले दुई वर्षभित्र सबैको घरमा विद्युत् उपलब्ध गराउने घोषणा पनि गरेको छ। गरिब तथा विपन्न परिवारलाइ निःशुल्क विद्युतीय मिटर वितरण गर्ने तयारी पनि सरकारले गरेको छ।काठमाडौं, जेठ ५ : सरकारले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रसारण लाइनमा निजी क्षेत्रको लगानीमा प्रसारण लाइन निर्माण गर्ने नीति लिएको बताए।
उनले सरकारको नीति तथा कार्यक्रममा विद्युत् व्यापारमा नीति तथा कार्यक्रममा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने तथा अन्तरदेशिय प्रसारण लाइन निर्माण गरेर विद्युत् व्यापार बढाउने घोषणा गरेका हुन्।
सरकारले दुई वर्षभित्र सबैको घरमा विद्युत् उपलब्ध गराउने घोषणा पनि गरेको छ। गरिब तथा विपन्न परिवारलाइ निःशुल्क विद्युतीय मिटर वितरण गर्ने तयारी पनि सरकारले गरेको छ।
सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ।
खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ।