विकास निर्माण आयोजनामा छुट्टै कानुन ल्याइने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
काठमाडौं, जेठ ५ : विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी छुट्टै कानुन ल्याउने घोषणा गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
नीति तथा कार्यक्रममार्फत विकास आयोजना सम्बन्धिी कानुन ल्याएर विकास आयोजनाहरुलाई सहजीकरण गरिने सरकारको प्राथमिकताको योजना समेत प्रश्तुत भएको छ। यस्तै खरिद प्रक्रियामा सहजीकरण हुनेगरी कानुन पनि ल्याउने बताइएकाे छ।
नीति तथा कार्यक्रममा राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनालाई विशेष प्राथमिकता दिइने, विकास आयोजनाको अनुगमन, जग्गा प्राप्ति, वन क्षेत्र प्रयोग र वातावरणीय प्रभावलाई मूल्याकंन जस्ता कार्यमा सहजीकरण गर्ने योजना समेत उल्लेख छ।
प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











