०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’का रूपमा मनाइने
पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरमा चर्चित र ख्यातिप्राप्त व्यक्तिलाई आमन्त्रण गरी पर्यटन प्रवर्द्धनमा जोड दिने गर्ने नीति पनि सरकारले लिएको छ।काठमाडौं, जेठ ५ : सरकारले ०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ का रुपमा मनाउने घोषणा गरेको छ।
सरकारले नीति तथा कार्यक्रममार्फत २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको हो।
संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्दै पौडेलले भने, ‘वि.सं. २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने छ । सन् २०२५ को वर्षलाई विशेष पर्यटन वर्षका रुपमा मनाइनेछ।’
पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरमा चर्चित र ख्यातिप्राप्त व्यक्तिलाई आमन्त्रण गरी पर्यटन प्रवर्द्धनमा जोड दिने गर्ने नीति पनि सरकारले लिएको छ। यस्तै, पर्यटन प्रवर्द्धनका लागि विभिन्न विधाहरूमा सगरमाथा सम्मानको कार्यक्रम सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ।
प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१