Kathmandu Press

पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने

‘पुँजीबजारको विकासका लागि संरचना सुधार गरिनेछ। पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिनेछ’
पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने

काठमाडौं, जेठ ५ : राष्ट्रपति रामचन्द्र पौडेलले पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने बताएका छन्।  

संघीय संसदको आज बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आगामी वर्ष गैरआवासीय नेपालीलाई पुँजीबजारमा लागनी गर्ने बाटो खुला गर्ने बताएका हुन्।  

‘पुँजीबजारको विकासका लागि संरचना सुधार गरिनेछ। पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिनेछ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई उत्पादनमा जोड्ने नीति अवलम्बन गरिनेछ।

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्