नेपालको व्यापार वृद्धिका लागि एडिबीको ३० करोड डलर
भारत र बंगलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो।मनिला, जेठ ५ : एसियाली विकास बैंक (एडिबी) ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ।
भारत र बंगलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो।
दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रुपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडिबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन्।
मनिलास्थित बैंकको प्रधानकार्यालयले बुधबार उक्त ऋण स्वीकृत गरेको हो। अब बन्ने अन्तरराष्ट्रियस्तरको उक्त सडकमा ट्राफिक सङ्केत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन्।
प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१