Kathmandu Press

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

सिन्धुली, माघ १८ :  सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नम्बर २ को....

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

सिन्धुली, माघ १८ :  सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नम्बर २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्।

दुवैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैको शव सिन्धुली अस्पतालमा राखिएको र परिवार सम्पर्कमा आएपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: ११:५७ बजे, शनिबार, माघ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्