Kathmandu Press

हिमालय एयरलाइन्सद्वारा बालबालिकालाई सहयोग

हिमालय एयरलाइन्सद्वारा बालबालिकालाई सहयोग

काठमाडौं, जेठ ३ : हिमालय एयरलाइन्सले संस्थागत सामाजि उत्तरदायित्व अन्तर्गत बालबालिकालाई सहयोग गरेको छ। एयरलाइन्सले प्रयास नेपालमा रहेका बालबालिकालाई वर्षभरि पुग्ने शैक्षिक सामाग्रीसँगै व्यवहासिप पनि प्रनदान गरिएकाे छ। एयरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत लागतार ७ वर्षदेखि बालबालिकालाई सहयोग गर्दै आएको छ।

स्वावलम्बनको बाटो पछ्याउने बालबालिकाको प्रशंसा गर्दै एयरलाइन्सले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल– ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र आयोजना गरेको थियो।

कार्यक्रममा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक श्री आकाश लामाले स्वेच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति)मा केन्द्रित भई मार्गदर्शन गरेका थिए।

Hardik ivf

03-PR1684414777.jpg

खाना तथा भान्साको शिष्टाचार, पाक विधिको साझेदारी आदि विषयमा उनले बालबालिकालाई प्रशिक्षण दिएका थिए।

एअरलाइन्स्को ब्रान्ड टोलीले प्रचारप्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको थियो । बालबालिकाको स्टार्ट–अप अझ प्रभावकारी बनाउने विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गरिएको थियो ।

एयरलाइन्सका ब्राण्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालसँगको हाम्रो सात वर्षको सहकार्यमा बाल–बालिकाले हाम्रो ‘पहल’मार्फत् आफ्नो सपना पूरा गरेको देख्दा खुसी लागेको बताइन्। उनले विद्यार्थीहरू शिक्षाको पहलतर्फ र जीवनमा आत्मनिर्भर बन्न आफ्नै खुट्टामा उभिन लागिपरेको बताइन्।

02-PR1684414776.jpg

रेष्टुरेण्ट स्टार्टअप मार्फत् बालबालिकाले आफ्नो सिकाई र जीवनमा सम्मानका साथ अगाडि बढ्नसक्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेको उनले बताइन्। यी उपलब्धिहरू र हरेक बालबालिकाको सपनामा देखा परेका थप सफलताप्रति उनले शुभकामना दिइन्।

यस्तै, प्रयास नेपालकी अध्यक्ष मणि जोशीले हिमालय एयरलाइन्स्को निरन्तर सहयोगका लागि धन्यवाद दिँदै यसले बालबालिकाको शैक्षिक प्रदर्शनलाई मात्र नभई उनीहरूमा सिकाइप्रतिको लगाव विकास गर्न पनि मद्दत गरेको बताइन्।

संस्थाले विगत दुई दशकदेखि नेपालका विभिन्न भागका अनाथ, परित्यक्त र शारीरिकरुपमा अशक्त बाल–बालिकाका लागि बालगृह सञ्चालन गर्दै आएको छ।

 

प्रकाशित मिति: १८:४२ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्