Kathmandu Press

‘नेपाल चेम्बर एक्स्पो २०२३’ आजबाट काठमाडौंमा

काठमाडौंको भृकुटीमण्डपस्थीत प्रदर्शनी कक्षमा सुरु भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरे।
‘नेपाल चेम्बर एक्स्पो २०२३’ आजबाट काठमाडौंमा

काठमाडाैं, जेठ ४ : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थीत प्रदर्शनी कक्षमा सुरु भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरे। सो क्रममा मन्त्री भण्डारीले श्रम बजार व्यवस्थीत र सुरक्षित रहन नसके उद्योगहरु विकास हुन नसक्ने बताए।

Hardik ivf

उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए। व्यावसायिक क्रियाकलाप अभिवृद्धिका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताए।

प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घराययी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन्।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा कूल एक सय ५० ‘स्टल’ रहेका छन्।  प्रदर्शनी यही जेठ ८ गतेसम्म चल्ने चेम्वरले जनाएको छ। 

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्