सर्वोच्च अदालतमा अब अतिरिक्त समयमा पनि इजलास
काठमाडाैं, माघ १७ : सर्वोच्च अदालतमा कार्यबोझ बढेको भन्दै अतिरिक्त समयमा पनि इजलास बस्ने भएको छ।
मुद्दाको संख्या बढेको र पुराना मुद्दाहरूको ....

काठमाडाैं, माघ १७ : सर्वोच्च अदालतमा कार्यबोझ बढेको भन्दै अतिरिक्त समयमा पनि इजलास बस्ने भएको छ।
मुद्दाको संख्या बढेको र पुराना मुद्दाहरूको फर्छ्योट गर्न भन्दै सर्वोच्चले अतिरिक्त समयमा इजलास सञ्चालन गर्ने भएको हो। सर्वोच्चको गत १५ माघमा बसेको पूर्ण बैठकले आगामी आइतबार बिहान १० बजेदेखि अतिरिक्त समयमा इजलास सञ्चालन गर्ने निर्णय गरेको हो।
सर्वोच्चको इजलास करिब ११:३० भन्दा पछाडि बस्दै आएपछि चौतर्फी आलोचना भएको थियो। सर्वोच्चले नै निकालेको वार्षिक प्रतिवेदन अनुसार ७० प्रतिशतले मुद्दा फैसलामा कमी आएको थियो ।
सर्वोच्चमा संविधानमै तोकिएको प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुँदा पनि उच्च र जिल्ला अदालतको तुलनामा मुद्दा फैसलामा निक्कै कमजोर देखिएको थियो।











