Kathmandu Press

नेविसंघ नेता त्रिपाठीले तोडे अनशन

काठमाडौं, माघ १७ : नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीले आमरण अनशन तोडेका छन्। 

नेविसंघको तदर्थ ....

नेविसंघ नेता त्रिपाठीले तोडे अनशन

काठमाडौं, माघ १७ : नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीले आमरण अनशन तोडेका छन्। 

नेविसंघको तदर्थ समिति ३२ वर्षमुनिकै बनाउनु पर्ने माग राख्दै पार्टी कार्यालय सानेपामा आमरण अनशन सुरु गरेका नेता त्रिपाठीले शुक्रबार पाँचाै दिनमा अनशन तोडेको घोषणा गरेका हुन्। नेविसंघका पाँच नेतृको हातबाट जुस पिउँदै त्रिपाठीले अनशन तोडेको नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए। 

उनका अनुसार त्रिपाठीले फागुन १४ मा हुने स्ववियु निर्वाचनलाई मध्यनजर गरेर अनशन तोडेका हुन्। अनशन तोड्दै नेता त्रिपाठीले सत्याग्रहबाट आफू नभागेको बताए। ‘स्ववियु निर्वाचन नजिकिँदै आएको छ।  विद्यार्थी आन्दोलनको मियो स्ववियु निर्वाचन हो। त्यसैलाई मध्यनजर गरेर अनशन तोडेको हुँ। तर, सत्याग्रहबाट भागेको होइन,’ त्रिपाठीले भने।

 त्रिपाठीले आफूहरुको आन्दोलनको स्वरुपमात्रै परिवर्तन भएको बताए। ‘हामीले विधानको रक्षार्थ थालेको संघर्षको स्वरुप बदलिएको हो। अब हामी अझै सशक्त भएर अघि बढ्ने छौं,’ उनले भने। 

३२ वर्षमुनिकै तदर्थ समिति ल्याउनु पर्ने माग राख्दै त्रिपाठी पाँच दिनदेखि आमरण अनशनमा थिए। तर, उनी अनशनमा बसेको चौथो दिन बिहीबार सभापति शेरबहादुर देउवाले ४८ वर्षीय राजिव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति बनाएका थिए। 

हेर्नुस् विज्ञप्ति : 


 

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्