Kathmandu Press

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ।
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, जेठ ३ : आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २३ दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अंकमा कायम भएको हो।

आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अंकले बढेको छ। बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अंकले बढेको छ।

लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अंकले बढेको छ।

आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू पाँच करोड ४६ लाख ५८ हजार छ सय ८५ बराबरको एक लाख ३६ हजार एक सय १० कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:३७ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्