अन्तर्राष्ट्रिय मेयर सम्मेलन असोजमा हुने
काठमाडौं, माघ १७ : नेपालमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन हुने भएको छ।
उपत्यका नगरपालिका फोरमको आयोजनामा असोज २१ देखि १४ सम्म काठमाडौंमा....

काठमाडौं, माघ १७ : नेपालमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन हुने भएको छ।
उपत्यका नगरपालिका फोरमको आयोजनामा असोज २१ देखि १४ सम्म काठमाडौंमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन हुने भएको हो। भ्रमण वर्ष २०२० का अवसरमा सम्मेलनको आयोजना गर्न लागिएको फोरमले जनाएको छ।
सम्मेलनमा उपत्यकाका स्थानीय नगरका विदेशस्थित भगनी शहरहरू, सार्क तथा दक्षिणपूर्वी एसियाका राजधानी लगायत प्रमुख शहरसँगै युनेस्को, विश्वसम्पदा शहरको संगठनमा आवद्ध शहरका नगरप्रमुख र विज्ञहरू सहभागी हुनेछन्।
सम्मेलनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष तथा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मेलनमा करिव तीन सय मेयरलाई निमन्त्रणा गरिने बताए। त्यसमध्ये एक तिहाइ मेयर सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा करिव दुई करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको शाक्यले बताए। सम्मेलनको अफिसियल वेवसाइट समेत शुभारम्भ गरिएको छ। उक्त वेवसाइट अंग्रेजी, चिनियाँ, फ्रेन्च लगायत सात भाषामा रहनेछ।











