Kathmandu Press

फेसबुक, ट्वीटर र युट्युवमा विज्ञापन गरे विदेशी मुद्रा अपचलनमा कारवाही हुने

काठमाडौं, माघ १७ : नेपाल राष्ट्र बैंकले विभिन्न कम्पनीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युवमार्फत आफ्ना उत्पादनको विज्ञापन गर्न रोक लगाएको छ....

फेसबुक, ट्वीटर र युट्युवमा विज्ञापन गरे विदेशी मुद्रा अपचलनमा कारवाही हुने

काठमाडौं, माघ १७ : नेपाल राष्ट्र बैंकले विभिन्न कम्पनीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युवमार्फत आफ्ना उत्पादनको विज्ञापन गर्न रोक लगाएको छ। 

शुक्रबार राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत कुनै पनि विज्ञापन गरेर विदेशी मुद्रामा भुक्तानी गरे कडा कारवाही गर्ने जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र गुगलमा विज्ञापन गर्नेहरुको संख्या बढी रहेका बेला राष्ट्र बैंकले कडाइ गरेको हो। 

‘सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी हो’ राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कारोबारमा विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही हुनेछ।’

हेर्नुस् विज्ञप्ति : 

प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्