पटाका कारखाना विस्फाेटमा नौ जना मारिए
हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुईजनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन्।पश्चिम मेदिनीपुर (पश्चिम बंगाल), जेठ ३ : पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विस्फाेट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन्।
हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुईजनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन्।
पश्चिम बंगाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ। राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ।
सरकारी नीतिनियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ। यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए।
घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही रु दुई लाख ५० हजार र घाइतेलाई रु एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गरेका छन्।