Kathmandu Press

एमसीसी पास नगर्न नेकपाभित्र दबाब

काठमाडौं, माघ १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले अमेरिकी सरकारको सहयोग परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबा....

एमसीसी पास नगर्न नेकपाभित्र दबाब
फाइल

काठमाडौं, माघ १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले अमेरिकी सरकारको सहयोग परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई दबाब दिएका छन्। 

नेकपाका शीर्ष नेताहरुबीच नै पक्ष र विपक्षमा मत विभाजन भइरहेका बेला काठमाडाैंमा जारी केन्द्रीय कमिटी बैठकमा पनि केन्द्रीय सदस्यहरुबीच पक्ष र विपक्षमा देखिएका छन्। शुक्रबार जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले एमसीसी पास गर्न नहुने धारणा राखेको केन्द्रीय सदस्य झपट रावलले काठमाडौं प्रेसलाई बताए।

‘एमसीसीका विषयमा केन्द्रीय कमिटीले साझा धारणा राख्नु पर्ने सुझाव आएको छ’ रावलले भने, ‘पास गर्न नहुने पक्षमा धेरैले कुरा राख्नु भएको छ।’ बैठकमा केन्द्रीय सदस्यहरुले ‘एमसीसी पारित गर्छु भन्नेहरू र आफ्नी आमालाई बेश्यालयमा लगेर बेच्नु भन्नु’ उस्तै भएको भन्दै कडा आलोचना भएको पनि रावलले बताए। 

शुक्रबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले आ-आफ्नो धारणा राखेका छन्।
 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्