Kathmandu Press

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१३ पुग्यो

काठमाडौं, माघ १७ : चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २१३ पुगेको छ। कोरोना भाइरसबाट चीनमा मात्रै ९ ....

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१३ पुग्यो
फाइल

काठमाडौं, माघ १७ : चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २१३ पुगेको छ। कोरोना भाइरसबाट चीनमा मात्रै ९ हजार ६ सय ९२ भन्दा बढी बिरामी परेका छन्। 

भाइरसबाट प्रभावित हुनेको संख्या सन् २००२–०३ मा महामारीको रुपमा देखिएको सार्सको तुलनामा बढी हो। चीनबाट फैलिएको नयाँ कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ। 

स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो तथ्यांकका अनुसार हाल मृत्यु हुनेमध्ये ४२ जना मानिस हुवेई प्रान्तको केन्द्रविन्दुमा थिए। संयुक्त राज्य अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन र अहिले भ्रमण नगर्न आग्रह गरेको छ। 

कोरोना भाइरसको संक्रमण गत हप्ताको तुलनामा दश गुणाले वृद्धि भएको बताइएको छ।
 

प्रकाशित मिति: १७:०३ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्