Kathmandu Press

‘नेपाल चेम्बर एक्स्पो २०२३’ जेठ ४ देखि काठमाडौंमा

चेम्बरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थीत प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो।
‘नेपाल चेम्बर एक्स्पो २०२३’ जेठ ४ देखि काठमाडौंमा

काठमाडाैं, जेठ २ : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ जेठ ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।

चेम्बरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थीत प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो।

निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठन केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य भएकाले मेला आयोजना गर्न लागिएको चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। 

छैटौं संस्करणको रुपमा सञ्चालन हुन लागेको एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको उनले बताए।

१५० भन्दा बढी स्टल रहने एक्स्पोमा नेपाल लगाएत भारत, पाकिस्तान, वंगलादेश, तथा अन्य मुलुकमा उत्पादित सामाग्रीहरु रहने मल्लले जानकारी दिए। मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि पनि एक्स्पोको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।

एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्सेस, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्ज लगायतसामग्रीको प्रदर्शनी गरिने आयोजकको भनाइ छ।

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्