Kathmandu Press

आइओसीले घटाएर पठायाे डिजेल र पेट्रोलको मूल्यसूची

आइओसीले डिजेल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची एकएक महिनामा पठाउने गर्छ।
आइओसीले घटाएर पठायाे डिजेल र पेट्रोलको मूल्यसूची

काठमाडौं, जेठ २ : नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ।

आइओसीले डिजेल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची एकएक महिनामा पठाउने गर्छ।

नयाँ मूल्यसूची आज (मंगलबार) प्राप्त भएको हो। नयाँ मूल्यसूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँभन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको छ।

आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको र सञ्चालक समितिले त्यसबारे निर्णय लिने निगमले बताएको छ। 

हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ र पेट्रोलको १७५ रुपैयाँ छ। 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्