Kathmandu Press

सिन्धुलीका पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

जिल्लामा नौ स्थानीय तहमध्ये आठवटामा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ। कार्पस भाइरसको सङ्क्रमणबाट हालसम्म ४२ पशु मरिसकेका छन्।
सिन्धुलीका पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

सिन्धुली, जेठ २ : सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ। यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ।

जिल्लामा नौ स्थानीय तहमध्ये आठवटामा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ। कार्पस भाइरसको सङ्क्रमणबाट हालसम्म ४२ पशु मरिसकेका छन्। कमलामाई नगरपालिका, दुधौली नगपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पशुमा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ।

Hardik ivf

हालसम्म सुनकोसी गाउँपालिकामा भने कार्पस भाइरसको सङ्क्रमण देखा नपरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाले जानकारी दिए। 

सबैभन्दा बढी यस रोगको सङ्क्रमण तीनपाटन गाउँपालिकामा छ। रोगको सङ्क्रमण हुने र मर्नेको सङ्ख्या तीनपाटन गाउँपालिकामा अत्यधिक छ। तीनपाटनमा हालसम्म २३ गाई मरेका छन्। दुई हजार तीन सय ३६ पशु सङ्क्रमित बनेका छन्। विशेषगरी गाईमा यो रोगको सङ्क्रमण बढी देखिएको थापाले जानकारी दिए। रोगका कारण आठ हजार दुई सय ६२ पशु बिरामी भएका छन्।

कमलामाईमा एक हजार नौ सय ८३ पशु कार्पस भाइरसबाट सङ्क्रमित छन् भने सातवटा मरेका छन्। दुधौलीमा दुई हजार एक सय ४९ पशु सङ्क्रमित छन्। मरिणमा सङ्क्रमित एक हजार ३६ र दुई पशु मरेका छन्। फिक्कलमा एक सय ६० पशुमा सङ्क्रमण छ भने एउटा मरेको थापाले  जानकारी दिए। गोलञ्जोरमा तीन सय ३५ पशुमा सङ्क्रमण र नौवटा पशुको मृत्यु भएको छ। हरिहरपुरगढीमा दुई सय १६ पशुमा सङ्क्रमण र एकको मृत्यु भएको छ। यस्तै घ्याङलेखमा ४७ पशुमा सङ्क्रमण देखिएको छ। 

यो रोगका कारण साना बाच्छाबाच्छी र कमजोर खालका गाई बढी मर्ने गरेको थापाले बताए। उनले भने, 'रोग प्रतिरक्षा शक्ति कमजोर भएका गाईमा रोगको जोखिम बढी भएको पाइएको छ।' रोग लाग्न नदिन रोग नलागेका गाईलाई रोगविरुद्धको खोप लगाउन सकिने थापा बताउँछन्।

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्