Kathmandu Press

शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीकाे पूर्ण सहयोग रहन्छ : कांग्रेस प्रवक्ता महत

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा प्रवक्ता डा प्रकाशरण महतले शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष हुनुपर्ने भन्दै यसमा पार्टीको पूर्ण सहयोग हुने बताएका हुन्।
शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीकाे पूर्ण सहयोग रहन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडाैं, जेठ २ : नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीकाे पूर्ण सहयोग स्पष्ट पारेको छ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा प्रवक्ता डा प्रकाशरण महतले शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष हुनुपर्ने भन्दै यसमा पार्टीको पूर्ण सहयोग हुने बताएका हुन्। निर्दोष दोषी हुने अवस्था र दोषी निर्दोष हुने अवस्था आउन नदिन सरकार सजक हुनुपर्ने उनको भनाइ छ।

उनले पार्टीका नेता बालकृष्ण खाणमाथि पनि अनुसन्धान जारी रहेको र कांग्रेस निष्कर्षको पर्खाइमा रहेको जिकिर गरे। खाणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको उनको भनाइ छ।

महतले आरजु राणाको नाममा आएको अडियो झुटाे हुन सक्ने भन्दै यस विषयमा सत्य तथ्य छिटो बाहिर आउनुपर्ने धारणा राखे।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका विषयमा पार्टीभित्र कुनै मतभेद नभएको भन्दै महतले राज्यले गर्ने अनुसन्धान र निष्कर्षलाई स्वीकार गर्ने उल्लेख गरे।

त्यस्तै महतले पार्टीको केन्द्रीय समिति बैठक बस्न ढिलाइ भएको स्वीकार गर्दै केही दिनपछि बैठक बसेर भ्रातृ संगठनदेखि विभागलगायत विषयमा आवश्यक निर्णय गर्ने बताए। 

प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्