Kathmandu Press

अर्थसमितिले अर्थमन्त्रीसँग छलफल गर्ने

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरुका बारेमा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए।
अर्थसमितिले अर्थमन्त्रीसँग छलफल गर्ने

काठमाडौं, जेठ २ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरुका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरुका बारेमा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए।

यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरुसँग छलफल गरी बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको पनि उनले बताए। समितिलाई पूर्णरुपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको शाहीले जनाए।

बैठकमा बजेटका बारेमा समितिले आवश्यक सुझाव दिनुपर्ने विषयमा छलफल भएको थियो। सांसद बिष्णु पौडेलले बजेटको पोलिसीमा सुझावहरु दिनुपर्ने र छलफलमा अर्थमन्त्रीलाई  बोलाउनुपर्ने बताए।

त्यस्तै सांसदहरुले समितिको डिजिटल अभिलेखिकरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । अर्थ समितिको पहिलो बैठक कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।

 

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्