यौनहिंसाको आरोपमा नेपाल प्रहरीका एसएसपी निलम्बित
काठमाडौं, माघ १७ : यौनहिंसाको आरोपमा नेपाल प्रहरीका एक जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) निलम्बनमा परेका छन्।
शुक्रबार गृह मन्त्रालयले एसए....

काठमाडौं, माघ १७ : यौनहिंसाको आरोपमा नेपाल प्रहरीका एक जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) निलम्बनमा परेका छन्।
शुक्रबार गृह मन्त्रालयले एसएसपी शौरभ शमशेर राणालाई निलम्बन गरेको छ। उनलाई यौनहिंसाको आरोपमा निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
एसएसपी राणा प्रदेश १ को धरानस्थित संघीय प्रहरी एकाई कार्यालयमा कार्यरत रहेका छन्। उनीविरुद्ध यौनहिंसाको उजुरी परेको थियो।
यौनहिंसाको उजुरी परेपछि थप अनुसन्धानका लागि एसएसपी राणालाई निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। उनलाई पदमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप गर्न सक्ने जनाउँदै निलम्बन गरिएको हो।
झापाकी एक महिलाले उनीविरुद्ध यौनहिंसाको उजुरी दिएकी हुन्। उनको उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई जानकारी गराएको थियो।











