Kathmandu Press

संसदीय समितिमा सदस्य हेरफेर र थपघट

काठमाडौं, माघ १७ : प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिमा सदस्य हेरफेर भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले समितिहरुमा हेरफेर र थपघट गरेको हो....

संसदीय समितिमा सदस्य हेरफेर र थपघट

काठमाडौं, माघ १७ : प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिमा सदस्य हेरफेर भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले समितिहरुमा हेरफेर र थपघट गरेको हो।

कार्यव्यवस्था समितिमा रामेश्वर रायको ठाँउमा प्रभु साहले जिम्मेवारी पाएका छन्। यस्तै गोकर्ण विष्टलाई अर्थ समिति, मातृका यादवलाई कानून, न्याय तथा मानवअधिकार समिति, डा.शिवमाया तुम्बाहाम्फेलाई उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, रामकुमारी चौधरीलाई कानुन, न्याय तथा मानवअधिकार समिति, थममाया थापालाई महिला तथा सामाजिक समिति, लालबाबु राउतलाई राज्य व्यवस्था तथा सुशासन समितिको जिम्मेवारी दिइएको छ।

त्यस्तै विद्या भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समिति, चक्रपाडी खनाललाई सार्वजनिक लेखा समिति, रघुवीर महासेठलाई सार्वजनिक लेखा समिति, धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिको सदस्यको जिम्मेवारी दिइएको छ।

यसैगरि पदम गिरीले कानून, न्याय तथा मानवअधिकार समितिबाट अर्थ समितिको जिम्मेवारी पाएका छन्। मायादेवी न्यौपानेले कानून, न्याय तथा मानवअधिकार समितिबाट उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्