Kathmandu Press

लाइसेन्सको अनलाइन फारम प्रणाली ह्याक

काठमाडौं, माघ १७ : सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम प्रणालीमा ह्याक भएको छ। जसले गर्दा अनलाईन फारम भर्न बन्द गरिएको छ।

यातायात ....

लाइसेन्सको अनलाइन फारम प्रणाली ह्याक

काठमाडौं, माघ १७ : सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम प्रणालीमा ह्याक भएको छ। जसले गर्दा अनलाईन फारम भर्न बन्द गरिएको छ।

यातायात व्यवस्था विभागका अनुसार, बिहीबार दिउसोदेखि अनलाइन प्रणाली ह्याक भएको हो। विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ह्याक नभई समस्या आएको बताए। ‘बिहीबारदेखि लाइसेन्सको अनलाइन फारम प्रणालीमा समस्या आएको छ,’ महानिर्देशक हमालले भने।

विभागको पोखरा र बुटबलमा ह्याक भएको हो। त्यहाँबाट थुप्रै फारम भरेको पाइएको विभागले जनाएको छ।

तत्कालका लागि अनलाईन फारम भर्न बन्द गरिएको महानिर्देशक हमालले बताए। ‘ समस्या समाधान नहुँदासम्मका लागि फारम भर्न बन्द गरेका छौँ,’ उनले भने। पोखरा बुटबलसँगै काठमाडौंमा पनि अनलाइन फारम भर्न बन्द गरिएको हो।

अहिले विभागको आईटी टिम काम गरिरहेको उनले बताए। ‘हाम्रा आईटी टिम अनलाइन प्रणालीमा आएको समस्या समाधान गर्न खटिएको छ,’ उनले भने।

विभगाले सूचना जारी गरेर पनि तत्कालका लागि बन्द गरिएको जनाएको छ। सूचनामा सवारी चालक अनुमतिपत्रसम्बन्धी अनलाइन प्रणलीमा परिमार्जन गर्न लागिएकाले हाललाई बन्द गरिएको उल्लेख छ।

 

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, माघ १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्