नेकपा सांसदको प्रश्न- छाउगोठका नाममा घर भत्काउँदै हिड्ने?
काठमाडौं, माघ १७ : सत्तारुढ नेकपाका सांसद जगेन्द्रबहादुर महतले सरकारको आलोचना गरेका छन्।
शुक्रबारको प्रतिनिसभाको बैठकमा बोल्दै सांसद महतले छ....

काठमाडौं, माघ १७ : सत्तारुढ नेकपाका सांसद जगेन्द्रबहादुर महतले सरकारको आलोचना गरेका छन्।
शुक्रबारको प्रतिनिसभाको बैठकमा बोल्दै सांसद महतले छाउगोठका नाममा घर भत्काइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ,’ नेकपा सांसद महतले प्रश्न गरे, ‘आठ जना मान्छेको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने? बसमा मानिसको मृत्यु भयो भने बसमा आगो लगाउँदै हिड्ने? त्यो पनि कुनै तरिका हो। चाहिँदो काम गर्नु पर्यो नि।’
उनले भष्टाचारी र काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्न नसकेको तर छाउगोठ भत्काउँदै हिडेको भन्दै असन्तुष्टी समेत व्यक्त गरे।
‘जिल्लामा जाने नुन, औषधी बेचिएको छ। भ्रष्टाचार भएको छ। उनीहरुलाई समात्नु छैन। पुलको बेहाल छ, बाटोको बेहाल छ। ठेकेदार कहाँ छ? तिनलाई पक्रेर कारबाही गर्न पर्दैन,’ सांसदले महतले भने, ‘स्कुलको अवस्था के छ? हस्पिटलको अवस्था के छ? त्यो हेर्न पर्दैन। के गरेर बसेको छ गृहन्त्रालय?’











