सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

'सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं। त्यो महसुस हामीले पनि पगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो।'
सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम, जेठ १ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। 

कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने, 'सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं। त्यो महसुस हामीले पनि पगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो।'

उहाँले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताउनुभएको छ । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हाल्नु भएको छ। सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो।

सो अवसरमा उनले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताए। मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताएका हुन्।

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्