भारत लग्दै गरेका दुई युवतीको उद्धार
काँकडभिट्टा, माघ १७ : वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदा गरेका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरिएको छ। साथै मानव बेचबिखन....

काँकडभिट्टा, माघ १७ : वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदा गरेका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरिएको छ। साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ का २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बर्ता। सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उनले बताए।
अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा २२ हजार रुपैयाँको जागिर लगाई दिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए। उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ।











