Kathmandu Press

बेलायतको चर्चित ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा

नेपाली बजारमा बेलाको ब्राण्डका टेलिभिजन, फ्रिज, वाशिङ मेशिन, मिक्सचर, आइरन, राइस कुकर, ग्यास चुलोलगायतका सामान उपलब्ध हुनेछन्।
बेलायतको चर्चित ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा

काठमाडौं, वैशाख ३१ : बेलायतको चर्चित ब्राण्ड बेलाको होम एप्लाईसेन्सका सामानहरू नेपाली बजारमा आएको छ । बेलाको ब्रान्डका सामान आइकेबिएच ग्रुपले नेपाल भित्र्याएको हो।

बेलाको ब्राण्डले आफ्ना सामग्री कतार र बेलायतपछि नेपाली बजारमा ल्याएको हो। आगामी दिनमा अन्य मुलुकमा पनि बजार विस्तार गर्ने लक्ष्य राखेको बेलाकोले गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने जनाएको छ।

नेपाली बजारमा बेलाको ब्राण्डका टेलिभिजन, फ्रिज, वाशिङ मेशिन, मिक्सचर, आइरन, राइस कुकर, ग्यास चुलोलगायतका सामान उपलब्ध हुनेछन्।

बेलाको ब्रान्डलाई नेपाल भित्र्याएको आइकेबिएच ग्रुपका प्रमुख कार्यकारी अधिकृत अब्दुल वाशिदले एक कार्यक्रमबीच बेलाको ब्राण्डका इलेक्ट्रिोनिक्स सामान तथा उपकरण सार्वजनिक गरे। सो अवसरमा एनआरएनए युवा संयोजक समेत रहेका वासिदले बेलायती चर्चित ब्राण्को इलेक्ट्रोनिक्स सामान नेपाली उपभोक्तामाझ ल्याउन पाउँदा आफुलाई खुसी लागेको बताए।

344642365_778230767297383_6939405950765141434_n1684069704.jpg

बेलाको ब्राण्डको अन्य कुनै पनि ब्राण्डका सामाग्रीहरुसँग प्रतिष्पर्धा नरहेको बताउँदै वासिदले गुणस्तरीय सामाग्री र उत्कृष्ट सेवाप्रवाहमा आफुहरू केन्द्रित रहने बताए। उनले भने, ‘नेपाली युवाले आफ्नै गाँउको नामबाट विदेशी बजारमा सुरु गरेको ब्राण्डलाई विदेशी समूदायले अत्याधिक माया गरेपछि आफ्नै देशमा पनि भित्र्याएको हुँ।’

उनले हजारौ नेपाली वैदेशिक रोजगारीका लागि विदेश गइरहेको परिप्रेक्षमा स्वदेशमा केही गर्ने उद्देश्यले बेलाको ब्राण्ड नेपालमा विस्तार गरेको बताए।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द)ले गैरआवासीय नेपालीहरुलाई आफू बाहिर रहेपनि स्वदेशको धेरै माया रहेको र स्वदेशमा धेरैभन्दा धेरै लगानी भित्र्याउने इच्छा रहेको बताए।

आइकेबिएच ग्रुपले बेलाकोका एउटा प्रोडक्ट किन्दा अर्को सित्तैमा पाइने योजना पनि ल्याएको छ। यो योजना जेठ मसान्त सम्म रहेको कम्पनीले जनाएको छ ।  

यस्तै, बेलाको ब्रान्डले नायक प्रदिप खडकालाई ब्रान्ड एम्बासडरका रुपमा अनुबन्धन गरेको छ।

 

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्