छोरीलाई बलात्कार गरेकाे अभियाेगमा बाबुलाई जन्मकैद
अर्घाखाँची, माघ १७ : जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको छ ।
अ....

अर्घाखाँची, माघ १७ : जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको छ ।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो। जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिए।
गत साउन २ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानूनमा अनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए।
प्रकाशित मिति: ०८:१६ बजे, शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












