Kathmandu Press

म्यान्मार र बंगलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवातले २२० किलोमिटर प्रतिघण्टा (१३६ माइल प्रतिघण्टा)को गतिमा हावा चलिरहेको बताइएको छ।
म्यान्मार र बंगलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै

ढाका, वैशाख ३० : बंगालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौं मानिस भागेका छन् ।

यस्तै, बंगलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न दौडेका छन्।

Hardik ivf

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवातले २२० किलोमिटर प्रतिघण्टा (१३६ माइल प्रतिघण्टा)को गतिमा हावा चलिरहेको बताइएको छ।

करिब १० लाख रोहिङ्ज्या शरणार्थीहरू बस्ने कमजोर आश्रयस्थल कोक्स बजार र म्यान्मारको पश्चिमी रखाइन तटमा रहेको सिट्वेको बीचमा आइतबार बिहान आँधी कमजोर हुने अनुमान गरिएको छ।

शनिबार सिट्वेका बासिन्दाले कार, ट्रक र टेम्पोमा आफ्नो सम्पत्ति र घरपालुवा जनावर जम्मा गरी सुरक्षित स्थलतर्फ हिँडेका छन्।

करिब एक लाख ५० हजार मानिसहरूको बसोबास रहेको यस शहरमा पसल र बजारहरू बन्द गरिएका थिए र धेरै स्थानीयहरू अग्ला स्थानमा रहेका गुम्बाहरूमा आश्रय लिएका थिए।

आँधीका कारण सबै जना सुरक्षितस्थलतर्फ भागेको बताउँदै चालीस वर्षीय क्याव टिनले आफ्नो छोरा स्थानीय अस्पतालमा रहेकाले त्यहाँबाट बाहिर जान नसक्ने बताए।

म्यान्मारको जुन्टा अधिकारीहरूले राखिन तटमा रहेका गाउँहरूबाट स्थानान्तरणको निगरानी गरिरहेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। म्यान्मार एयरवेज इन्टरनेसनलले रखाइन राज्यका लागि आफ्ना सबै उडान सोमबारसम्मका लागि स्थगन गरिएको जनाएको छ।

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्