Kathmandu Press

श्रीलंकामा चार महिनामा १.८ अर्ब अमेरिकी डलर विप्रेषण भित्रियो

अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो।
श्रीलंकामा चार महिनामा १.८ अर्ब अमेरिकी डलर विप्रेषण भित्रियो

कोलम्बो, वैशाख ३० : श्रीलंकाका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन्। श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी  गराएका छन्।

मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो।

त्यसैगरी २०२१ र २०२२ का लागि आधिकारिक तथ्यांक क्रमशः ५।४९ बिलियन डलर र ३.८ बिलियन डलर थिए। प्रवासी कामदारको  विप्रेषण श्रीलंकाका लागि राजस्वको मुख्य स्रोत हो।

प्रकाशित मिति: १७:४९ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्