नेपाल लगानीको वातावरण छ, तर स्रोतको उपलब्धतता न्यून छ : अर्थमन्त्री डा.महत
नेपालले उदार अर्थतन्त्र र लोकतान्त्रिक व्यवस्था अंगालेकाले लगानीमा समस्या नरहेको र प्रतिफल लैजान पनि समस्या नदेखिएको अर्थमन्त्री महतले उल्लेख गरे।काठमाडौं, वैशाख २९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता न्यून रहेको बताएका छन् ।
‘लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै अर्थमन्त्री महातले नेपालका लागि वित्तीय स्रोत र साधनको आवश्यकता बताए।
उनले विश्वव्यापी वित्तीय घटनाहरुको खासै प्रभाव नपरे पनि केही समस्या भने देखिएको भन्दै त्यसलाई समाधान गर्नका लागि सरकार अघि बढिरहेको जानकारी दिए।
अर्थमन्त्री डा.महतले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याइरहेको भए पनि त्यसलाई उत्पादनशील क्षेत्रमा पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको बताए ।
उनले सम्पूर्ण ध्यान परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्न र आगामी दिनमा सम्भाव्य वित्तिय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्नका लागि पनि तयार रहेको बताए।
नेपालले उदार अर्थतन्त्र र लोकतान्त्रिक व्यवस्था अंगालेकाले लगानीमा समस्या नरहेको र प्रतिफल लैजान पनि समस्या नदेखिएको अर्थमन्त्री महतले उल्लेख गरे। लगानीमैत्री वातावरणका लागि चाहिने नीतिगत र संरचनागत व्यवस्था नेपालमा रहेकोसमेत उनले दाबी गरे।
‘हाम्रो विकास आवश्यकता पूर्ति गर्न लगानीका क्षेत्र पहिचान गरिएका छन्। भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन क्षेत्रलाई लगानीको प्राथमिकतामा राखिएको छ’, अर्थमन्त्री महतले भने, ‘लगानी आवश्यकता पूर्ति गर्नका लागि कुनै नवीन वित्तीय स्रोतको अवधारणलाई हामी स्वागत गर्छौं।’
लगानीको वातावरण बनाउन आवश्यक नीतिगत र संरचानागत सुधारका लागि सरकार तयार रहेको पनि उनले बताए।