Kathmandu Press

नेप्सेमा झिनो अंकको गिरावट

कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ।
नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं, वैशाख २८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ अंकले ओरालो लागेर ३५३.०९मा सीमित भएको छ । कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ।

Hardik ivf

कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर  ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ मूल्यमा खरिद बिक्री भएको छ । कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु तीन करोड १५ लाख छ हजार तीन सय ६३ बराबरको शेयर कारोबार भएको छ।

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर दुई करोड ७० लाख ८४ हजार आठ सय चार, शिवम् सिमेन्ट एक करोड ८० लाख ३७ हजार सात सय ५२, हिमाल दोलखा हाइड्रोपावर एक करोड ७७ लाख ६३ हजार चार सय १० र हिमालयन डिस्टिलरीको  एक करोड ६८ लाख ७८ हजार सात सय पाँच बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त ६.१०, सिटिजन म्युचुअल फण्ड पहिलो ५.८९, मनकामना स्मार्ट लघुवित्त ५.७१, इस्टर्न हाइड्रोपावर ५.६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य ५ प्रतिशतले बढेको छ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स ५.९९, बाराही हाइड्रोपावर ५.५२, एशियन हाइड्रोपावर ५.५२, बलेफी हाइड्रोपावर ४.३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ४.३४ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्