Kathmandu Press

शिवम् सिमेन्टले खोल्यो आईपीओ

काठमाडौं, फागनु ५ : शिवम् सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री शुरु गरेको छ ।

प्रतिकित्ता तीन सय रुपैयाँका दरले ४१ लाख २० ....

शिवम् सिमेन्टले खोल्यो आईपीओ

काठमाडौं, फागनु ५ : शिवम् सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री शुरु गरेको छ ।

प्रतिकित्ता तीन सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त सेयरमा आजदेखि ९ गतेसम्म आवेदन दिन सकिने छ । यो अवधिमा सबै सेयर नबिके चैत ५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीका अनुसार न्यूनतम ५० देखि अधिकतम सबैमा आवेदन दिन सक्ने व्यवस्थाले झनै चर्चामा आउने देखिएको छ ।

सर्वसाधारणका खुला भएको ४४ लाख कित्तामध्ये दुई लाख २० हजार कित्तामा कम्पनीका कर्मचारीले आवेदन दिन सक्ने भएका छन् ।

यसअघि आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता तीन सय रुपैयाँमा आइपिओ किनेका थिए । स्थानीयलाई तीन सय रुपैयाँका दरले आठ लाख ८० हजार कित्ता साधारण सेयर खुला गरिएको थियो ।

 

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, फागुन ५, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्